काठमाडौं – ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय लक्ष्मणबाबु भवनको पहिलो तल्ला नक्सालमा विहान ९ बजे गर्ने जानकारी दिएको हो । सभाले आर्थिक वर्ष २०७९र८० को वाषिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली सम्बन्धी संशोधन प्रस्ताव गर्ने र उक्त संशोधनमा नियमनकारी निकायले संशोधन,परिवर्तन वा थप घट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij