२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न

ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न

995
Shares

काठमाडौ – ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारणसभाले सञ्चालक समिति पनि चयन गरेको छ । जस अन्तर्गत संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन भएका छन् ।संस्थापक सेयरधनीबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन्। सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्। सबै सञ्‍चालक निर्विरोध निर्वाचित भएका हुन्।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij