२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त

फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त

2.1K
Shares

काठमाडौं – नेपालको ठूलो मोबाइल पेमेन्ट नेटवर्क फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । अध्यक्ष विश्वास ढकालले आफ्नो पदबाट राजिनामा दिएपछि अध्यक्षमा जोशी नियुक्त भएका हुन् ।
जोशीले कम्पनीलाई थप उचाइमा पुर्याउने बताए । नयाँ अध्यक्ष बनेको जोशी भने पूर्व बैंकर हुन् । उनले करीब ३२ वर्ष बैंकिङमा बिताएका छन् । जोशी यसअघि जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजमा कार्यकारी निर्देशक रहेका थिए।फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् । नेपालमा क्यूआर पेमेन्टको सुरुवात गर्ने पहिलो भुक्तानी सेवा प्रदायक फोन पे एफ्वान सफ्टको भगिनी संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij