२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज यी दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

2.3K
Shares
Illustration of last day sign flat concept

काठमाडौं – बिहीबार दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै बैंकले लाभांश वितरणको लागि शुक्रबार बुकक्लोज गर्ने भएकाले बिहीबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने छन्।

नविल बैंकले गत आर्थिक वर्षको कमाइबाट ११ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ । नेपाल एसविआई बैकले ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांश प्रस्ताव पारित गर्न यस बैंकले पुस १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको छ। लाभांश पारित गर्न यस बैंकले पुस १२ गते बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको छ।

यी दुबै बैंकको आजसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले सो लाभांश पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij