२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पेमेन्ट सोलुसनको साधारणसभा पुस २१ गते

नेपाल पेमेन्ट सोलुसनको साधारणसभा पुस २१ गते

910
Shares

काठमाडौँ – नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी पुस २१ गते साधारण सभा डाकेको छ ।

सभाले सहायक कम्पनीहरू स्थापना गर्ने, आईपीओ निष्कासन गर्ने, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको प्रबन्ध पत्रमा फेरबदल गर्ने, नाम परिवर्तन गर्ने, पूँजी बृद्धि गर्ने, आईपीओ जारी गर्न मौजुदा प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

त्यस्तै नेपाल धितो पत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालयको निर्देशनबमोजिम कुनै निर्णय वा कागजात तयार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र मर्जर तथा प्राप्ति सम्बन्धमा निर्णय गर्ने प्रस्ताव पेश हुने छन् ।नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भुक्तानी सेवा प्रदायकको रुपमा उक्त कम्पनीले कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij