२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा कुमारी बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा कुमारी बैंकको ऋणपत्र सूचीकृत

975
Shares

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ५० लाख थान ऋणपत्र मंसिर २७ गते नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको १० प्रतिशत केबिएल डिबेञ्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै मंसिर २८ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij