काठमाडौं – एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाई बाँडफाँड भएको छ। प्रति इकाई अंकित मूल्य रु. १० को १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% इकाई कोष प्रवद्र्धक एनआईसि एशिया बैंकलाई सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईहरु बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
मंसिर ४ गतेदेखि १८ गतेसम्म संघ सस्था तथा सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला इकाईमा रितपुर्वक आवेदन दिनेलाई २५ गते सोमबार बीज पूँजी समेत बाँडफाँड गरिएको जनाएको हो। साथै, सम्पूर्ण सि–आस्वा सदस्यहरुले बाँडफाँडमा नपरेको इकाई बापतको बाँकी रकम सम्बन्धित आवेदकको बैंक खाता फुकुवा गर्न आग्रह गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij