काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण शेयर (आईपीओ)को १० कित्ते नीति हटाउने तयारी गरेको छ । साधारण शेयर बाँडफाँड गर्दा न्यूनतम १० कित्ता शेयर पार्नुपर्ने नीति पुनरावलोकन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकन गर्न प्रवीणकुमार झाको संयोजकत्वमा एक समिति निर्माण गरेको छ ।
समितिमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी रहेका छन् । झा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आइक्यान)बाट धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधि रहेका छन् भने अर्का सदस्य ढुंगाना स्वतन्त्र सञ्चालक छन् । श्रेष्ठ र गिरी भने बोर्ड व्यवस्थापन समूहका सदस्यहरु हुन । अहिले श्रेष्ठ बोर्डको कार्यकारी निर्देशक र प्रवक्ता छन् भने गिरी सहायक कार्यकारी निर्देशक छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij