काठमाडौं – बुद्ध एयरले १७ औं जहाज (एन-एओसी) बाट व्यवसायिक उडान सुरू गरेको छ। जहाज ल्याएर रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्यवसायिक उडान सुरू गरेको एयरलाइन्सले जनाएको छ।
आइतबारदेखि व्यवसायीक उडान थालेको बुद्ध एयरले पहिलो उडान काठमाडौंबाट तुम्लिङटार गरेको थियो। जसमा ५९ यात्रु सवार थिए।
बुद्धले हाल ३ वटा एटीआर-४२ तथा १४ वटा एटिआर-७२ जहाज मार्फत उडान गरिरहेकाे छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij