२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

885
Shares

काठमाडौँ-  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुन बरामद गर्‍यो । दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन बरामद गरेको हो ।

बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो ।

चन्द्र घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीन बहादुर घलेलाई  नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij