काठमाडौं– इ–सेवा मनी ट्रान्सफर र साइप्रसको जि.एस क्यासलाइनबीच रेमिटेन्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिटेन्स क्षेत्रमा निकै ठूलो फड्को मारेको इ–सेवा मनी ट्रान्सफर परम्परागत शैलीको सिस्टमलाई आत्मसात गर्दै डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै अघि बढेको छ।
यो सम्झौतासँगै साइप्रस बसोबास तथा काम गर्दै आएका नेपालीहरूले जि.एस क्यासलाइनको ४० शाखाहरूबाट नेपालमा इ–सेवा मनी ट्रान्सफरमार्फत् रेमिटेन्स पठाउन सक्नेछन्। साथै जि.एस क्यासलाइनबाट पठाएको रेमिटेन्स इ–सेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा इ–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाख प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा इ–सेवा मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र जि.एस क्यासलाइनको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर गरे। इ–सेवा मनी ट्रान्सफर र जि.एस क्यासलाइनबीचको यो साझेदारीले रेमिटेन्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य इ–सेवाले राखेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij