काठमाडौं– मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
नतिजा विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij