काठमाडौं – नेपाली बजारमा सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । छापावाल सुन तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको मूल्य दैनिक नयाँ उचाइमा पुगेको छ ।आइतबार छापावाल सुन तोलाको एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ५४५ रुपैयाँ तोकिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij