२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

1.2K
Shares

काठमाडौं – हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश पारित गर्न आगामी पुस २५ गते साधारणसभा आयोजना गर्ने निर्णय पनि गरिएको छ । साधारणसभा पर्साको वीरगंज महानगरपालिको लिपनिबिर्तास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा गर्ने निर्णय गरिएको छ ।

कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । सोहीअनुसार पुस १२ गतेसम्म सेयर खरिद गर्ने कम्पनीको साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij