काठमाडौं– साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १८ सय रुपैयाँले बृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij