२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल आयल निगम ऋण मुक्त

नेपाल आयल निगम ऋण मुक्त

1.5K
Shares

काठमाडौँ – करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम मंगलबारवाट ऋण मुक्त भएको छ । झण्डै तीन वर्षदेखि ऋणमा रहेको नेपाल आयल निगम मंगलबारदेखि ऋणमुक्त बनेको हो । २०७७ सालदेखि घाटामा जान थालेको निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । यस मध्यमा पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको छ । नेपाल सरकारलाई अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो ।

स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने व्यवस्था छ । तर निगमले असोजदेखि त्यो प्रणाली समेत लागू गरेको छैन । अहिले निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij