२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा प्रत्येक दिन नयाँ रेकर्ड

सुनको मूल्यमा प्रत्येक दिन नयाँ रेकर्ड

1.2K
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सुनको मूल्य बढेर सोमबार यता प्रत्येक दिन नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij