काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मङ्गलवार एक कम्पनीको आइपिओ सूचिकृत भएको छ । माथिल्लो त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको आइपिओ नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल ‘टिभिसिएल’ रहेको छ । सूचिकृत पश्चात् उक्त सेयर अब भोली बुधवारदेखि कारोबारमा आउनेछ।
कम्पनीले सर्वसाधारणको लगानीकर्ता सेयर धनीहरू (कर्मचारी समेत) लाई वितरण गरेको ३७ लाख ५ हजार कित्ता, संस्थापकहरूले लगानी गरेको १ करोड ४८ लाख २० हजार कित्ता गरेर कुल १ करोड ८५ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि ८९ रुपैयाँ ३८ पैसादेखि अधिकतम २६८ रुपैंया १४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij