२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ११.२७ अंकको गिरावट

नेप्सेमा ११.२७ अंकको गिरावट

705
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ११.२७ अंकले घटेर एक हजार ८ सय ९६ दशमलब ६७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा आज एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij