२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारसँगै बढ्यो कारोबार रकम

सेयर बजारसँगै बढ्यो कारोबार रकम

545
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ९ दशमलव ८७ अंक बढेर बन्द भएको छ । यससँगै परिसूचक १ हजार ८६० दशमलव २० विन्दुमा पुगेको हो ।

बुधवार पनि बजार २० दशमलव ६७ अंक बढेर बन्द भएको थियो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । २९२ धितोपत्रको ४४ लाख २० हजार ५१८ कित्ता शेयर ४८ हजार ४९३ पटकमा रू. १ अर्ब ३४ करोड बराबरको कारोबार भएको छ । लामो समयदेखि घटेको बजारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा झरेको छ । यस कारण पनि बजारमा क्रेता सक्रिय हुने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij