काठमाडौँ -सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।
सोही लिलामी सेयर हिजो अर्थात् मङ्सिर ६ गते बुधवारका दिन बाँडफाँड गरिएको हो । जसमा न्यूनतम १४२ रुपैयाँ ६० पैसा कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij