२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

655
Shares

काठमाडौं– साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा कायम भएको हो ।

नेप्सेमा सूचीकृत कुल २९४ कम्पनीहरुको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।कारोबारको अघिल्लो दिन घटेको शेयर बजार २०.६७ अंकले बृद्धि भएर १८५०.३३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै कारोबार भएका कम्पनीहरुमध्ये १९५ कम्पनीको शेयरमूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij