काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनस शेयर सूचीकृत भएको छ। माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीलाई वितरण गरेको लाभांश नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले मङ्गलवार बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता शेयर सूचीकृत गरेको हो।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस मङ्गलवार नेप्सेमा सूचीकृत भएको हो। सेयर धनीले आफ्नो हित ग्राही खातामा बोनस शेयर आएपछि नेप्सेमा खरिदबिक्री गर्न सकिने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij