२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल नियुक्त

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल नियुक्त

1.7K
Shares

काठमाडौं – ज्योति विकास बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकालले पाएका छन्। बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीईओको जिम्मेवारी ढकाललाई दिने निर्णय गरेको हो।

ढकाललाई मंसिर ४ गतेदेखि लागू हुनेगरी कामु सीईओ नियुक्त गरिएको छ। अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी ढकाललाई दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए । उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।
यसअघि ढकाल हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो।

ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij