काठमाडौं- कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।
कुमारीमा एनसीसी गाभिनुअघि पनि खनाल नै सीइओ थिए । एनसीसी गाभिएपछि उक्त बैंकका सीइओ रमेशराज अर्यालले सीइओको जिम्मेवारी पाएका थिए ।
यसअघिका सीइओ अर्यालले राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले खनाललाई नयाँ सीइओको जिम्मेवारी दिएको हो । खनालसँग सिद्धार्थ बैंक, एनआइसी एसिया क्यापिटल लगायतमा काम गरेको अनुभव छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij