२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने

सपोर्ट लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने

845
Shares

काठमाडौं- सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयर धनीलाई चुक्तापुँजीको १३.६८४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहितका लागि ०.६८४२ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीले लाभांश प्राप्त गर्ने छन् । हाल कम्पनीको चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । बोनस सेयरपछि कम्पनीको चुक्तापुँजी १० करोड ७६ लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij