२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

1.2K
Shares

काठमाडौं– नेपाल आयल निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो।

बुधबार बिहानदेखि पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल/मट्टीतेलको मूल्य १६१, दोस्रो वर्गमा १६३ र तेस्रो वर्गमा १६४ रूपैयाँ कायम गरिएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने काठमाडौं पोखरा र दिपायल तेस्रो वर्गका क्षेत्र अन्तर्गत पर्छन्।

मंगलबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आएको नयाँ मूल्यसूचीअनुसार डिजेल लिटरमा ३ रूपैयाँ ६३ पैसा घटेर आएको निगमले जनाएको छ।
त्यस्तै पेट्रोल लिटरमा एक रूपैयाँ ५१ पैसा र एलपी ग्यास सिलिन्डरमा ९३ रूपैयाँ ६० पैसाले वृद्धि भएर आएको छ। तर यिनको भाउ यथावत नै छ।
मूल्य वृद्धि भएर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोल र ग्यासको भाउ नबढाइएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij