२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अमेरिकी विश्वविद्यालयद्वारा आरसी कोइरालालाई ‘मानार्थ डक्टर’ को उपाधि

अमेरिकी विश्वविद्यालयद्वारा आरसी कोइरालालाई ‘मानार्थ डक्टर’ को उपाधि

1.5K
Shares

काठमाडौं – लामो समय अघिदेखि नेपाली परम्परात्मक एवं मौलिक लोककला र लोकसंस्कृतिलाई विश्वभर पुर्याएर नेपाल चिनाउने अभियानमा अद्वित्तीय योगदान दिनुभएका आरसी कोइराला (रामचन्द्र) लाई सामाजिक जागरूकता र शान्ति विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिका (Social Awareness and Peace University, Florida, USA ) ले ‘मानार्थ डक्टर’को उपाधि प्रदान गरेको छ । कोइरालाले सांस्कृतिक अभियन्ताको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनुभएको कार्यको उच्च मूल्याङ्कन गर्दै सो उपाधि प्रदान गरिएको कुरा विश्वविद्यालयले जनाएको छ ।

नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्न प्रसाद कोइराला र माता सावित्री कोइरालाको कोखबाट जन्मनुभएका आरसी कोइराला (रामचन्द्र) बिगत ३० बर्षदेखि अनवरत रुपमा नेपाली कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनमा क्रियाशील रहँदै आउनुभएको छ l नेपाली संस्कृति मार्फत विश्वभर नेपालाई परिचित गराउँदै आउनुभएका कोइराला ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’का संस्थापक अध्यक्ष हुनुहुन्छ भने उहाँको नेतृत्व तथा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’को आयोजनामा नेपालमा सम्पन्न हुँदै आएको एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका समेत अध्यक्ष हुनुहुन्छ l

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij