स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.०१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमध्ये १२.३५९९ प्रतिशत बोनस सेयर र ०.६५०५ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करको लागि) वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। सोही बोनसको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij