काठमाडौं- आस्था कला केन्द्रले दशैं तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कतिक कार्यक्रम गरेको छ ।
आफ्नै हल महाराजगञ्जमा आयोजित कार्यक्रममा नारायण गोपाल संगीत कोषका महासचिव तथा तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दीपक केसी, लोक गायक बलराम खतिवडा, गायिका प्राश्ना शाक्य, गीता पाण्डे लगायत आस्था कला केन्द्रमा विभिन्न विधामा अध्ययनरत विद्यार्थीहरुको उपस्थित थियो ।
कार्यक्रममा विभिन्न प्रकारका नाच, गायक गायिकाहरुको गायन प्रस्तुत र अन्य विविध सांस्कृतिक प्रस्तुती थियो । दशैं तथा तिहारका अवसरमा आस्था कला केन्द्रले प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यस्ता कार्यक्रमले सिक्दै गरेका प्रशिक्षार्थीहरुले अग्रजहरुबाट कला सिक्ने र आफूले सिकेका कला प्रस्तुत गर्ने अवसर पाउने आस्था कला केन्द्रका संस्थापक अध्यक्ष रमेश थापाले बताए ।
आस्था कला केन्द्रमा प्रशिक्षणरत विभिन्न विधाका प्रशिक्षार्थीहरुले निकै राम्रो कला देखाएका थिए । उनीहरुको हौसलाका लागि गायिका प्राश्ना शाक्य र गीता पाण्डेले गीत गाएर सुनाए । लोक गायक बलराम खतिवडाले आफ्नो पुरानो गीत मिर्मिरे साइली नातीका साथमा गाए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij