काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरिएको एमालेका एक नेताले जानकारी दिए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल लगाएतका नेता तथा कार्यकर्ता अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij