२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राहुल महरा सिआइबीको नियन्त्रणमा

राहुल महरा सिआइबीको नियन्त्रणमा

875
Shares

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणामा लिएको छ।
गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो ।
राहुल आफैंले पनि सिआइबी जान लागेकोबारे सामाजिक सञ्जालरमार्फत जानकारी दिएका थिए। ‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ महराले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij