२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवाद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

कामना सेवाद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

955
Shares

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट, नवलपरासीस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई हिजाे भाद्र १० गते आईतबार २ थान Air Conditioner हस्तान्तरण गरेको छ । उक्त Air Conditioner सामुदायिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो ।

बैंकका संचालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई उक्त Air Conditioner हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले प्रतिवद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij