काठमाडौं – आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० रुपैयाँ तोकिएको छ । शुक्रबार एक लाख १० हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख ९ हजार ८५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने शुक्रबारको जस्तै १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij