काठमाडौं– इभेन्ट निर्देशक बालकृष्ण पोखरेल मलेसियामा ‘नेशनल ईभेन्ट डिरेक्टर सम्मान’ बाट सम्मानित भएका छन् । प्रशंसा म्युजिक र प्रियसी म्युजिकको सहकार्यमा ‘प्रशंसा म्युजिक अवार्ड तथा अनर्स २०८०’ को अवसरमा पोखरेल सम्मानित भएका हुन । ग्राण्ड कन्टिनेन्टल होटेल मलेसियामा मलेसियन नागरिक, व्यवसायी तथा समाजसेवी महेश मुसको प्रमुख आथित्यता तथा प्रियसी म्युजिकका सिईओ राजेन्द्र पुरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

२५ जना भन्दा बढि कलाकार तथा समाजसेवीहरु सम्मानित तथा अवार्ड प्राप्त गरेका थिए ।
युवा उद्यमी पोखरेल सौन्दर्य सम्बन्धी विभिन्न विद्याको कार्यक्रम आयोजना तथा इभेन्ट निर्देशकको रुपमा सक्रिय रहेका छन् । पर्यटन व्यवसायका साथै समाजसेवामा पनि उनी सक्रिय रुपमा लागेका छन् ।
उनका साथै कार्यक्रममा गायिका शान्ति कुमारी शाही ‘संगीत रजत सम्मान’, केशव भुसाल ‘कला सम्मान’, समाजसेवी बसन्ती पोखरेल, भुपेन्द्र शाही, दिपेश श्रेष्ठ, मेनुका थापा, नकुल भट्ट, सपना गैरे पोखरेललाई समाजसेवी सम्मानद्वारा सम्मानित गरिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij