२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकले सुरु गर्‍यो ‘फोनट्याग’ नामक अफलाइन पेमेन्ट सेवा

एभरेष्ट बैंकले सुरु गर्‍यो ‘फोनट्याग’ नामक अफलाइन पेमेन्ट सेवा

2.1K
Shares

काठमाडौं – एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारले फोनपेसँगको सहकार्यमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट सुविधा ‘फोनट्याग’ सेवा सञ्चालनमा ल्याएको छ ।
फोनट्यागले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न नचाहने ग्राहकलाई मोबाइल बैंकिङ एपबाट “एनएफसी ट्याग” वा ‘सीपीक्यूआर’ कोड अथवा ग्राहकले प्रस्तुत गर्ने क्यूआरकोडबाट भुक्तानी गर्न सक्षम बनाउँछ ।

यसरी गर्न सकिने अफलाइन कारोबारको सीमा प्रतिकारोबार पाँच हजार रुपैयाँ रहेको छ । यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्ट फोनरूमा उपलब्ध रहेको छ । एनएफसी नभएका मोबाइल फोनमा ग्राहकले सीपीक्यूआर कोड अथवा ग्राहकले देखाउने क्यूआर कोड प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाले कमजोर नेटवर्क भएका स–साना सहर र ग्रामीण क्षेत्रहरूमा डिजिटल भुक्तानीलाई बढवा दिने कम्पनीको विश्वास छ ।

यस्तै यो सेवाले विभिन्न सहरी केन्द्रहरूमा, ठूला सार्वजनिक कार्यक्रम, मेला र प्रदर्शनीहरूमा डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई पनि भुक्तानी गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij