२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अहिले एमालेको ध्यान सत्तातिर छैनः ओली

अहिले एमालेको ध्यान सत्तातिर छैनः ओली

590
Shares

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनुभएको छ ।
सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको भन्नेकुरा सत्य नभएको ओलीको स्पष्टीकरण थियो । आईतवार पार्टी केन्द्रिय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो पार्टीलाई अहिले सत्तातिर हेर्नु नभएको बताउनु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तातिर नहेरेपनि सरकारलाई जेपनि गर्न भने नदिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो एमाले सरकारमा जाने दाउ त होइन ? यो सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने खालको कुराहरु पनि आउन सक्छन् । तर नेकपा एमालेलाई सरकारमा रुचि होइन । चिन्ता सरकारको होइन, देशको हो चिन्ता । देशको अर्थतन्त्रको हो चिन्ता । जनताको दैनिकीको कुन अवस्थामा देश गइराखेको छ, कस्तो अवस्थामा पुगिराखेको छ ? उद्योगधन्दा के भइराखेको छ ? अव म स्पष्ट गर्न चाहन्छु–एमालेलाई अहिले सत्तामोह, सत्ता लोलुपता, त्यतापटि सत्तातिर हामीले हेरेका छैनौं । हामीलाई हेर्नुपनि छैन । तर यसको अर्थ हामीले हेरेको छैनौं भनेपछि सरकारले जे गरेपछि हुन्छ, ढुक्क रहेछ भन्ने होइन । यो पनि गर्न सरकार पाउँदैन । ’

अध्यक्ष ओलीले निर्माण व्यवसायीहरुलाई गिरफ्तार गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । अपm्ठयारोमा परेका निर्माण व्यवसायीहरुलाई वार्ताद्वारा उनीहरुको समस्या समाधान गर्नुको साटो सरकारले उनीहरुलाई घाँटी थिचेर मार्ने प्रयास गरिरहेको ओलीको जिकिर थियो । उहाँले सरकारले नागरिकका कुनैपनि समस्याको सुनुवाई समेत नगरेको गुनासो गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘आज निर्माण व्यवसायीहरु गिरफ्तार गरिन्छन् । उनीहरुका भनाई कसैले सुन्दैन । किनभने निर्माण व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था सरकारले बनाएको हो । र, निर्माण व्यवसाय जब चलेन, त्यसपछि पहिले त हार्डवेयर पसलहरु बन्द । यसको कारोबार बन्द । निर्माण व्यवसाय ठप्प भएपछि । मजदुरहरुले जब पाएनन् । त्यसपछि सिमेन्ट, रड, इटा, बालुवा, गिटी अरु कुनै पनि चिजको कारोबार हुने कुरा भएन । अरु हार्डवेयरका सबै कामहरु बन्द हुने भए । यस्तो खालको स्थिति बन्छ । त्यसको चेन अफ इफेक्ट विकास, निर्माणमा प्रतिकुल असर पार्ने मात्रै होइन । रोजगारीदेखि लिएर सम्पूर्ण आर्थिक क्रियाकलापका प्रतिकुल असर पर्छ । अत्यन्तै गम्भिर असर पर्छ । त्यो कुरा ध्यान दिनुपर्दैन, त्यो कुरा सुन्नुपर्दैैन ? तत्काल त्यो कुरा उहाँहरुलाई बोलाएर वार्ता गरेर त्यो समस्या समाधान गर्नुपदैन ? अनि उल्टै उहाँहरुले पाउनुपर्ने रकम पाउनुभएको छैन । व्यवसायीहरुलाई सहयोग गर्नुको साटो सरकार घाँटी निचोर्छ । ज्यादतिपूर्ण ढंगले, ज्यादति एक ठाउँमा मात्रै होइन ।’

अध्यक्ष ओलीले सरकार आफैँले संसद चल्न नदिएको समेत दोहो¥याउनु भयो । संसद अवरोध हुन नहुने भएपनि सरकार आफैँले त्यस्तो खालको परिस्थिति निर्माण गरेको उहाँको तर्क थियो । ओलीले भन्नुभयो, ‘संसद अवरोध हुनै हुँदैन । संसद अवरोध गर्नै हुँदैन । गर्ने परिस्थिति ल्याउनु हुँदैन । संसद देशका लागि, जनताका लागि काम गर्ने थलो हो । र, देश र जनताको काम त्यसले निर्वाध ढंगले गर्नुपर्छ । गर्न पाउनुपर्छ । संसद देश र जनताको पक्षमा बोल्ने, आवाज उठाउने, देशका हीत, जनताका हितको सरकारमा भए रक्षा गर्ने, सरकारमा नभए त्यसका निम्ति दबाब दिने थलो हो । संसद निदाएर बस्ने ठाउँ होइन, सुतेर बस्ने ठाउँ होइन । चुप लागेर संसदमा जे भएपनि चलोस् न त, चल्नुपर्छ तर बोल्नुहुँदैन भन्ने कुरा हुँदैन । देश र जनताको पक्षमा बोल्नुपर्छ । संसद अवरुद्ध हुनुहँुदैन । देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले तदनुसार नै लिनुपर्छ । सकारात्मक ढंगले लिनुपर्छ । गम्भिरताका साथ लिनुपर्छ । र, स्वस्थ बहस र स्वस्थ छलफलमा आउनु पर्छ । अहिलेको संसदको अवरोध म सबै साथीहरुलाई भन्न चाहन्छु–अहिलेको संसदको अवरोध तपाईँहरुले देख्नुभएको छ । हामी चलाउन खोजिराखेका छौं । तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष ज¥याकजुरुक सबै उठेर हल्ला गर्ने, संसदमा व्यवधान खडा गर्ने, बोल्न पनि नदिने, प्रतिपक्ष बोल्योभने सुन तस्करीको सिलसिलेवार काण्डको पत्रकार साथीहरुलाई पनि म भन्न चाहन्छु, अरु सबै साथीहरुले पनि हामी सबै नेपालीले के बुझ्नुपर्छ भने देश यति अपm्ठ्यारो गरी यति भयावह ढंगले देशमाथि प्रहार भइराखेको छ । देशको अर्थतन्त्रमाथि, देशको सुशासनमाथि प्रहार भइराखेको छ । देशको शासकीय, प्रशासकीय संरचना, मूल्यमान्यता सबै कुराहरुप्रति प्रहार भइराखेको छ ।
एउटा नाकाबाट दिनमा सय किलो सुन आइराखेको छ । सबै पास भएको छ । फेला परेको छैन । एक दिन एउटा खानतलासीमा सय किलो सुन निस्कन्छ । अनि के यो चुस्की लिने विषय हो ? कुराको चुस्की लिने विषय हो र यो ? यो पार्टीगत पक्षधरताको कुरा हो र ? यो देशप्रति, देशमा सुशासन हुनपर्छ भन्ने कुराप्रतिको हामी सबै नेपालीको उत्तिकै चिन्ता, चासो र सरोकार हुनुपदैन ? तसर्थ, संसद अवरोध हामीले गरेको होइन । यो एउटा नाकाको मात्रैकुरा होइन । मैले भनिराखेको छु । अरु नाकाहरु चेक नै भएको छैन त ? राजश्व किन उठ्दैन ? राजश्वमा किन यति न्युनता भन्दा भन्सारबाट कारोबार नै हुँदैन त । अन्तैबाट कारोबार हुन्छ । अब यस्तो स्थितिमा हामी सरकारको अयोग्यता, नाकायकीपन अथवा लाचारीपन अथवा बद्मासी के हो त्यो ? राम्ररी छानबिन हुनुप¥यो । सरकारको संलग्नता छैन भने छानबिनले बताउँछ नि । सरकार किन पहिलेनै तर्सिन्छ ? पहिले नै किन ढोका बन्द गर्छ सरकारले ? छानबिन । मैले एउटा कमेन्ट देखेको थिए । यो छानबिन समिति भनेको आफना मान्छे राखेर, एमालेका कार्यकर्ता राखेर अनि तमासा गर्न खोजेको एमालेले भन्ने । त्यस्तो माग हो र हाम्रो ? हामीले आफ्नो होइन, न्यायिक छानबिन भनेका छौं । बहालवाला र पूर्व न्यायाधीशको, कसैको नेतृत्वमा स्वतन्त्र, निष्पक्ष छानबिन । एसपीको नेतृत्वमा गरेपछि एसएसपीले निर्देशन दिएपछि त्यही सिद्धि गयो नि कुरो । एसपीको नेतृत्वमा तपाई छानबिन गराउनु हुन्छ । एसएसपीले यहाँ पुगेपछि यसो नगर्नु भनेपछि पालन गर्नुपर्छ आदेश । यति गम्भिर अवस्थामा देश पुगेको छ । अर्थतन्त्र यस्तो अवस्थामा पुगेको छ । यो त गोल्डेन टच भयो क्या । जे छोयो सुन । ब्रेक सु छोयो सुन । सिगरेट छोयो सुन । एउटा मोटर ल्यायो सुन ।
अर्को ल्यायो सुन । सुनैसुन । भन्सारबाट अहिले त जे ल्याउँदा पनि सुन । यस्तो खालको अवस्थामा देश छ । म आग्रह गर्न चाहन्छु । हामी सबै यो देश रित्याउने, सिध्याउने मामला हो यो । यो तरिका, यसबाट हामीले देशलाई बचाउनु पर्छ । त्यसकारण यो पक्ष, त्यो पक्ष होइन । सञ्चार माध्याममा पनि कसको लगानी छ भन्ने छोडिदिऊँ । देशको पक्षमा हरेक सचेत नेपाली उभिन र बोल्नुपर्ने अवस्था हो यो । त्यसर्थ, किन निष्पक्ष छानबिन गर्न किन नहुने ? अनि छानबिन आयोग बनाउँदाखेरी विषयान्तर हुन्छ भनेको के ? त्यस विषयमा निष्पक्ष, उच्चस्तरीय छानबिन गराउँदा राज्य संयन्त्रलाई प्रयोग गरेर झन सारो निष्पक्ष छानबिन उसले गर्नसक्छ । यसका कनेक्शनहरु कहाँ छन् ? यसको जरो कहाँ छ ? टुप्पो, टुप्पो मात्रै हेरेर हुँदैन । जरो कहाँ छ ? स्पष्ट देखियो त । २३४ पल्ट कुनै गिरोहसँग लगातार संसद एक दिन, दुई दिनको बीचमा कसरी हुन्छ मान्छेको ? यो फियर छ ? तैपनि सोधपुछ पनि गर्नुपर्दैन । यो पनि फियर छ ? यस्तरी पनि देश चल्छ ? यो पनि कुनै शासन, प्रशासन चलाउने तरिका हो ? अनि, बाहिर स्टन्ट दिएको छ । गफ दिएको छ । हाउभाउ गरेको छ । अनेक प्रकारका भ्रमपूर्ण प्रचार गरेको छ । प्रचारको सन्दर्भमा हामी दुख मात्रै भन्न सक्छौ कि हामी नेपालीहरु कहाँ छौं ? कुन ठाउँमा छौं हामी नेपालीहरु ? देश आज कता जाँदैछ, कहाँ पुग्दैछ देश ? कस्तो अवस्थामा जाँदैछ ? अनि सुनिल शर्मा । सुनिल शर्माको सर्टिफिकेटको बारेमा म जाँचकी पनि होइन । अनि, सर्टिफिकेट नजाँच भनेर हामीले भनेको छौं ? तर यतिबेला सर्टिफिकेट जाँच्नु प¥यो, पढेर पास गरेको कि चिट चोरेर पास गरेको ? यसको छानबिन यतिबेला गर्नुप¥यो ? जतिबेला सुनिल शर्माले मन्त्रीको राजीनामाको कुरा उठाए । यसको जरैसम्म गएर छानबिन हुनुपर्छ भने । त्यतिबेलै यो त कमसेकम २५ वर्ष अगाडिको कुरा होला यो । २५ वर्षदेखि सरकार बने होलान् । अनि यतिबेला एउटा कार्यकर्ताबाट उजुरी हाल्न लगाएर, यतिबेला आजको भोली समाएर एउटा जननिर्वाचित सांसदलाई गिरफतार गर्दा सभामुखलाई जानकारी दिनु, इजाजत लिनुपर्दैन ? के कारण हो ? बताइनुपर्दैन ? अर्को, कहाँ छानविन भएर दोषी प्रमाणित भयो र । एउटा कार्यकर्ताबाट उजुर हाल्न लगायो । अनि, त्यो कार्यकर्ताको उजुरीको भरमा मान्छे गिरफदार गर्ने हो भने त कोही पनि बाँकि रहँदैन त ? के दोषी प्रमाणित भएको छ ? यो सबैलाई बोल्न नदिने, तर्साउने, सांसदलाई त यस्तो गर्न सक्छन् भने सरकारले के गर्न सक्दैन भनेर तर्साउने । अहिले रिउमर छ । सब नेताहरुलाई पनि छानबिन गर्ने, यो गर्ने, त्यो गर्ने, जेलमा कोचिदिने भनेर हल्ला चलाइएको छ । जो यस्ता क्रियाकलापमा छन् । उनीहरुले अनेक प्रकारका रिउमर खडा गरेर ध्यान डाईभट गर्न खोजेको छ नेपाली जनताको । ध्यान अर्कातिर लैजान खोजेको छ । त्यसकारण हाम्रो पार्टी यसमा गम्भिर छ ।
यो छिचरो बहसको समय होइन । म साथीहरुलाई भन्न चाहन्छु–गम्भिर भएर सोच्न पर्ने र नेपाली जनताले त्यसमा स्पष्ट दृष्टिकोण लिनुपर्ने समय हो यो । गृहमन्त्रीले त खासमा रोष्टममा भिन जानु आफैं राजीनामा गर्न जानु बाहेक भनेको त्यो अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो, सुन हुन्छ । सुन भनेर पक्रियो, राखेको ठाउँबाट चोरी हुन्छ । कस्तो हो त्यो ? गृहमन्त्रीको जवाफदेहिता होइन त्यो ? अनि, गृहमन्त्री त्यहाँ क्वीन्टलका क्वीन्टल सुन । एउटा मात्रै माध्यामबाट । एउटा कम्पनीबाट आएको छ । त्यस्तो मान्छेलाई नागरिकता कसेको सिफारिसमा कसले दियो ? आज त्यो नागरिकता सम्बन्धि त्यतिबेलाको प्रतिवेदन कहाँ छ ? त्यो गायव गरिएको छ अहिले । यो त तार काट्ने, क्यामेराको मुन्टो अर्कोतिर फर्काउने, घाँटी मर्काउने कस्तो सरकार हो यो ? अनि, कुरा ठूलो गर्ने ।
अनि, देशको माया छैन, त्यही कुरा २ जना, ४ जना स्वार्थीहरुको कुराका पछाडि समूदबन्दी गरेर अगाडि कुदने, लाग्ने । कस्तो दुखद स्थिति हो देशको । संविधान, संविधान, संविधान भनेर माला जप्यो । बिरालाले जस्तौ देब्रे हातले माला जपेको छ, दाहिनेले मुसा झ्याप्प पारेको छ । यो तरिकाको यो सरकारी क्रियाकलाप देखिन्छ । त्यसकारण हामीले यो छानबिन उच्चस्तरीय, यो स्वतन्त्र हुनुप¥यो । कर्मचारीहरुको निर्देशित यो होइन । त्यसकारण सरकारले यो स्वतन्त्र छानबिन गर्न नसक्ने बाध्यता यसै बुझ्न सकिँदैन । त्यसर्थ, संसदीय समिति पनि यसमा काम छैन । किनभने बहुमत उहाँहरुकै छ । हामीले त्यही सुनेर बस्नुपर्ने ? संसद, संसदीय समिति, म आफैँ सांसद हो । संसदको मर्यादा राख्नुपर्ने थियो, तर अहिलेको गठबन्धनले संसदीय मर्यादा राखेर निष्पक्ष छानबिन गर्न सक्दैन । दलीय गठबन्धन अगाडि आउँछ । सुन तस्करीको सम्बन्धमा छानबिन गरौं भन्दा दलीय गठबन्धन आएर प्रतिपक्षको आवाज पनि त्यहाँ राख्न दिँदैन । प्रतिपक्षलाई बोल्न दिँदैन । संसद अवरुद्ध गराउँछ । अनि, तपाईहरु भन्नुहुन्छ, प्रतिपक्षले अवरोध ग¥यो ।’
ओलीले सरकारले प्रतिपक्षलाई संसदमा बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij