२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख बक्यौता

सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख बक्यौता

950
Shares

काठमाडौं– सिम्रिक एयरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ। पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो।

उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९/०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ। सिम्रिकले प्राधिकरणलाई ५५ लाख रुपैयाँ बक्यौता रहेकोमा यसअघि आठ लाख रुपैयाँ तिरेको थियो । शुक्रबार प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएसँगै अब दुई लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ । रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अहिलसम्म वित्तीय अवस्था कमजोर रहेका र प्राधिकरणलाई बक्यौता नतिर्ने दुईवटा एयर कम्पनीको उडान ग्राउन्डेड गरिसकेको छ । प्राधिकरणले ४ करोड ५० लाख बक्यौता रकम नतिरेपछि गुण एयरको उडानमा रोक लगाएको थियो । गुण एयरलाइन्सको वित्तीय अडिट कमजोर देखिएपछि माघ महिनादेखि उडानमा रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij