२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोल्पा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

रोल्पा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

1.1K
Shares

रोल्पा – रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका– २ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका– ३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

बस त्रिवेणी गाउँपालिका– ७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij