२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकका ग्राहकहरूले फुडमाण्डुमा क्यासब्याक पाउने

सानिमा बैंकका ग्राहकहरूले फुडमाण्डुमा क्यासब्याक पाउने

925
Shares

काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन्।

ग्राहकहरूले उक्त भुक्तानी भएको एक हप्ताभित्र क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना साउन २० गतेदेखि माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने बै‌ंककाे भनाइ छ। बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरू तथा १२३ वटा एटिएमहरू सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij