२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्यासको मुल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

ग्यासको मुल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

3K
Shares

काठमाडौं -नेपाल आयल निगमले एलपी ग्यासको मूल्य घटाएको छ । आज राति (साउन १६ गते) बाट लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको हाे । अब खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ ।
त्यसैगरि निगमले पेट्रोल र डिजेलको मूल्य भने बढाएको छ । निगमले स्वचालित प्रणालीअनुसार मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढाएकाे हाे ।

अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij