२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २६.१४ अंकले घट्यो

नेप्से २६.१४ अंकले घट्यो

710
Shares

काठमाडौं– आइतबार पनि नेप्से परिसूचक घटेको छ। गत सोमबारदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तर पाएको हो। आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ पुगेको छ।

यस दिन २६६ वटा धितोपत्रको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij