२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लायन्स डिष्ट्रिक्ट ३२५ एमको इन्स्टलेसन तथा प्रथम क्याबिनेट बैठक सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ एमको इन्स्टलेसन तथा प्रथम क्याबिनेट बैठक सम्पन्न

2.1K
Shares

काठमाडौं– लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम क्याबिनेट मिटिङ सम्पन्न भएको छ । लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्ट बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा तथबा डिष्ट्रिक्ट गभर्नर भीमलाल पौड्यालको सभापतित्वमा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुर्लाकोटीले सामाजिक क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण रहेको बताए । गभर्नर पौड्यालले सामाजिक कामका लागि ग्रामीण तथा पीछडिएको क्षेत्रलाई डिष्ट्रिक्टले प्राथमिकता दिएको बताए । डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरुले लायन वर्षको पहिलो दिनबाटै उत्साहका साथ सामाजिक काममा सक्रियता देखाएको प्रति उनले आभार व्यक्त गरे । उत्कृष्ट कार्य गर्ने क्लब र लायन्स लिडरहरुलाई आफूले सधैं सम्मान तथा प्रोत्साहन गर्ने उनले बताए ।
६ सय भन्दा बढीको सहभागितामा कार्यक्रम सफल भएको डिस्ट्रिक्ट चिफ तथा कार्यक्रम संयोजक गीता शर्मा चापागाईले जानकारी दिइन् । कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्णप्रति उनले आभार व्यक्त गरिन् ।
लायन्सका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सो अवसरमा विभिन्न अवार्डबाट सम्मानसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij