२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

725
Shares

काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रारको कार्यालय टेकु, काठमाडौंमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij