२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ८.११ अंकले घट्यो

नेप्से ८.११ अंकले घट्यो

870
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ८.११ अंकले घटेर दुई हजार एक सय ५६ दशमलब २० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ४३ करोड २५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ भने १४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९६ प्रतिशतले बढेर प्रतिकित्ता १०२५ रुपैयाँ पुगेको छ । यसका साथै आज ग्रिन डेभलपमेन्ट लिमिटेडको शेयर पनि ६.५८ प्रतिशतले बढेर प्रतिकित्ता ३४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij