काठमाडौं – टोखा नगरपालिका वडा नं. ६ हात्ती चोकस्थित वडा कार्यालयको नवनिर्मित प्रशासनिक भवनको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं. ५ का सांसद प्रदिप पौडेलको उपस्थितिमा नगरप्रमुख अधिकारीले उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले नयाँ भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै वडाबाट प्रदान गरिने सेवा प्रवाहमा अब सहज हुने विश्वास लिए । टोखा नगरपालिका भित्रका सबै वडाको आफ्नै प्रशासनिक भवन बनाउने अभियानमा टोखा नगरपालिका रहेको पनि नगरप्रमुख अधिकारीले बताउनु भयो । टोखाका जनताको सेवा सुविधका लागि धेरै काम भएको बताउनु भयो । वडाको मुख्य समस्याका रुपमा रहेको खानेपानीको लागि पनि विभिन्न विकल्पमा काम भइरहेको जानकारी दिनु भयो । उहाँले निवर्तमान अध्यक्ष महेश्वर केसि जनप्रतिनिधि, कर्मचारी भवन निर्माणका लागि सहयोग गर्ने वडाबासिहरु लगायत सम्पुर्णलाई धन्यबाद दिनु भयो । साथै जग्गा उपलब्धका लागि मुख्य भुमिका खेल्ने वडा नं. ७ का वडा अध्यक्ष नरोत्तम रानालाई विशेष धन्यवाद दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ – ५ का संघिय सांसद प्रदिप पौडेलले वडा कार्यालयको सफलता तिनले आम नागरिकलाई कसरी सेवा दिन्छ भन्नेमा भर पर्ने बताएनु भयो । उहाँले आम नागरिकलाई सहज सेवा दिनका लागि नगरपालिकाले प्रविधिसँग जोडिएर आफ्ना सेवाहरु डिजिटलाइजमा लान आवश्यक रहेको सुझाब दिनु भयो। यहाँको यस क्षेत्रको समस्याको दिघैकालिन समाधानको लागि आफु लागि रहेको बताउनु भयो । संसद विकास कोषबाट आउने पैसाको आधा यस क्षेत्रको खानेपानिको क्षेत्रमा खर्च गर्ने पनि जानकारी दिनु भयो । विभिन्न निकायसंगको सहकार्यमा खानेपानीको स्रोतको पहिचान गरी यस क्षेत्रका जनतालाई खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

टोखा नगरपालिकाले आम नगरबासीहरुलाई सुशासन सहितको सेवा दिँदै आइरहेको टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले बताउनु भयो । उहाँले कसैसँग राजनीतिक आग्रह पुर्वाग्रह निर्वाचनको समयमा मात्र रहन्छ, जितेर सकेपछि त्यस्ता भावना त्यागि जनतामा समर्पित भएर जनप्रतिनिधि र कर्मचारी सेवामा लाग्नु पर्ने बताउनु भयो ।

यसैगरी कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रशासकिय प्रमुख अधिकृत शेरबहादुर बिसीले कार्यलय भवनमा बसेर कानुन सम्मत मुस्कान सहितको सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
आफ्नै वडा भवनबाट सेवा दिन पाउँदा निकै खुशि भएको वडाध्यक्ष शान्ता पौडेलले बताउनु भयो । वडाध्यक्ष पौडेलले वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेप्रति धन्यवाद दिँदै वडा र जनप्रतिनिधि प्रति माया र सद्भावको लागि सहयोगिहरु प्रति आरभार ब्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वागत मत्तब्य राख्दै वडा सदस्य एंव न्यायिक समिति सदस्य चन्द्रप्रकाश श्रेष्ठले वडा कार्यालयको नवनिर्मित ३ तल्ले भवन २ करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भएको जानकाी दिनु भयो । उहाँले भवनको ग्राउण्ड फ्लोरमा आधारभूत स्वास्थ्य केन्द्र, दोस्रो तल्लामा वडा कार्यालय र तेस्रो तल्लामा सभाकक्ष रहेको समेत जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा पुर्व जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो । वडा सचिव सरिता तिवारीले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष मेश्वर केसि, नगरपालिकाका ११ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य स्वयमसेविका, विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि तथा वडाको कर्मचारीहरु लगायतको उपस्थिति रहेका थिए ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij