२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

705
Shares

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ।मंगलबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनको २५ औं बैठकबाट बजेट पारित भएको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्षको कुल बजेट ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बजेट ल्याएको छ।

कुल बजेटमध्ये कर्णाली प्रदेश सरकारले ९ अर्ब २० लाख २४ हजार रुपैयाँ अर्थात् २६.९७ प्रतिशत चालुतर्फ खर्च गर्नेछ। पुँजीगत खर्चका लागि १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुपैयाँ अर्थात ५८.६५ प्रतिशत विनियोजन गरिएको छ। बाँकी १४.३८ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड ४ लाख ४० हजार रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्न विनियोजन गरिएको छ।

अर्थमन्त्री वेदराज सिंहका अनुसार आगामी आर्थिक वर्ष ०८०/८१ मा आन्तरिक राजस्व ८३ करोड ६२ लाख १२ हजार रुपैयाँ उठ्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा खर्च नभएर बचेको ७ अर्ब ४१ करोड ६ लाख ५ हजार रुपैयाँ आगामी आर्थिक वर्षको कुल बजेटमा समावेश गरिएको छ।

कर्णाली प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट राजस्व बाँडफाँटबापत ८ अर्ब ८४ करोड ३ लाख, वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब १६ करोड ४१ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ७५ करोड ३ लाख, समपुरक अनुदानतर्फ ७६ करोड १६ लाख, विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख रुपैयाँ प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij