काठमाडौँ – मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि छ । अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन् ।
सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij