काठमाडौं – साताको दाेश्राे दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ०.८३ अंकले घटेर २०७६.९६ को बिन्दुमा कायम भएको छ ।
आज दिनभरिमा २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । कम्पनीको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ९१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij