काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक नबस्दै सूचना टाँस गरेर सारिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले सूचना टाँस गरेर बैठक असार २५ गते ३ बजेका लागि सारिएको जानकारी दिए ।
यसअघि, आजै दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले ३ बजेसम्मका लागि सारेका थिए । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij